सिद्दार्थ बैंक बन्यो भिसाको एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कार जित्ने पहिलो नेपाली बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 07:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक भिसाको एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन पुरस्कार जित्ने पहिलो बाणिज्य बैंक बनेको छ। भिजाले अन्तराष्ट्रिय स्तरको यस पुरस्कारबाट सिद्दार्थ बैंकलाई सम्मानित गरेको हो।

बैंकले ग्राहकहरुको आवश्यकतालाई सुक्ष्म रुपमा अध्ययन गर्दै विभिन्न प्रकारका कार्डहरु जारी गर्ने, जारी गरिएका कार्डहरुमा थप सुविधाहरु वृद्धि गर्दै जाने एवं नविनतम सोचहरुलाई कार्यान्वयनमा ल्याउँदै, कार्ड व्यवस्थापनमा दक्षता अभिवृद्धि गरेकाले यस अवार्डबाट सम्मानीत गरिएको जनाइएको छ।

बैंकले भिजा क्रेडिट कार्ड र Uno Internet Ventures डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरी ल्याएको Uno क्रेडिट कार्डका ग्राहकले Uno का देशभर संचालनमा रहेका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्दछन। 

क्रेडिट कार्डको प्रयोगबाट ग्राहकहरुले वस्तु तथा सेवाको खरिदमा आकर्षक छुटको सुविधा प्राप्त गर्ने हुँदा यस क्रेडिट कार्डको प्रयोगले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने बैंकको बिश्वास रहेको छ। सिद्धार्थ बैंकबाट हुने कुल कारोबार संख्याको ३० प्रतिशत भन्दा बढी कारोबार नगद रहित कारोबार हुने गरेको जनाइएको छ। 

क्रेडिट कार्डसंगै बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हालसम्म १६०,००० भन्दा बढी भिजा कार्डहरु जारी गरिसकेको छ। 

हाल बैंकले ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द र ४०० भन्दा बढी एइक् मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ । 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved