एनआईसी एशिया र रिलायन्स लाईफबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 03:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब एनआईसीका ग्राहकले बैंकको २३७ वटै शाखाहरुबाट रिलायन्स लाईफको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

सम्झौतामा बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे । 

हाल बैंकले २३७ शाखा, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved