हिमालयन लाइफको खुद नाफा घट्यो, यस्ता छन् सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 10:10:28 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार प्रकाशित गरेको छ । जसअनुसार सो अवधिमा कम्पनीको खुद नाफा घटेको छ ।  वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा ७.९८ प्रतिशतले घटेको हो । 

कम्पनीले समीक्षा अवधिसम्ममा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिसम्ममा  कम्पनीको यस्तो नाफा ४७ करोड ३२ लाख ३४ हजार रुपैयाँ थियो । 

यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ८ अर्ब २ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले तेस्रो त्रैमासम्म आइपुग्दा ५२ अर्ब ७१ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । त्यसैगरी, कम्पनीले ८ अर्ब ६३ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ ।

कम्पनीको हाल प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२४.२५ रुपैयाँ र पीई रेशियो ५४.६४ छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved