६९ औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक, पूर्व गभर्नरदेखि अधिकृतसम्मलाई निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 09:26:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वैशाख १४ गते शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुने छ ।

वार्षिकोत्सव कार्यक्रममा सहभागिताको लागि राष्ट्र बैंकका पूर्व गभर्नरहरु, पूर्व डेपुटी गभर्नरहरु, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरुलाई घर ठेगानामा निमन्त्रणा पत्र पठाई सकिएको विभागले जनाएको छ । कथंकदाचित उक्त निमन्त्रणा पत्र प्राप्त हुन नसकेको भए सार्वजनिक सूचनालाई निमन्त्रणा मानी सो समारोहमा उपस्थित भईदिन राष्ट्र बैंकले अनुरोध गरेको छ । 

रश्र्ता बैंकका प्रादेशिक कार्यालयहरुले पनि विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउँदै छन् । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved