सिटिजन्स बैंकका ग्राहकले विभिन्न अस्पताल र क्याफेमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 07:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले विभिन्न क्याफे र अस्पतालमा छुट पाउने भएका छन् । बैंकले विभिन्न होटल, क्लिनिक र अस्पतालहरुमा गरेको सझौता अनुसार ग्राहकहरुले छुट पाउने भएका हुन् । 

बैंकका ग्राहकहरुले नयाँ बानेश्वरमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक र समाज डेन्टल हस्पिटल, बौद्धमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा अवस्थित चिरायू नेस्नल हस्पिटल एण्ड मेडिकल इन्टिच्यूटका सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको छुट पाउने जनाइएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । यस अघि पनि बंैकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्था संग समन्वय गरि ग्राहकहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आएको छ जसमा बैंकका कार्डबाहक ग्राहकहरुले भारत गँुडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल र भारतमै अवस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडमा विशेष छुट प्राप्त गर्दै आएका छन । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved