समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरीङ सेन्टरमा छुट पाउने भएका छन् । कम्पनी र टेलरीङबीच बिहिबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् ।
उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले शुक्रबार देखि समृद्धि मोबाइल बैंकिङ्ग, डेविड कार्ड तथा CIPS प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १०% छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको जनाएको छ । सो समझदारी पत्रमा कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
डिलाइट टेलरीङ सेन्टर, पुतलिसडकमा रहेको छ ।