आईएसआईएसको निशानामा अर्जेन्टिनी स्ट्राइकर मेसी, बिश्वकपको बेला आक्रमण गर्ने धम्की

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 11:48:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जुन १४ देखि फुटबलको महाकुम्भ विश्वकप रसियामा सुरु हुदैछ  । बिश्वकपको लागि अधिकांश टोलीहरुको छनौट भईसकेको छ भने केहि छनौटको प्रक्रियामा छन्  । 

यसै बीच बिश्व कप नजिकिदै गर्दा आईएसआईएसले बिश्वकप फुटबलको समयमा आक्रमण गर्ने भन्दै विभिन्न खालका तस्विरहरु सार्बजनिक गरेको छ  । उसले रसिया, युरोपसंगै अमेरिकामा पनि आक्रमण गर्ने चेतावनी दिएको छ  । आईएसले अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीको फोटो प्रयोग गरेर डरलाग्दो चेतावनी दिएको छ  ।

अहिले यस्तै केहि तस्विरले बिश्वकप्को लागि हुने सुरक्षा ब्यबस्था माथि प्रश्न चिन्ह खडा भएको छ  ।

तस्विर १: 

आईएसले लिओनल मेसीको फोटो प्रयोग गरेकाले उनका समर्थकहरु चिन्तित हुन् थालेका छन्  । फोटोमा मसी निराश मुद्रामा छन् र उनी रोईरहेका छन्  । तर उनको आँखाबाट आसु नभई रगत बगेको देखाईएको छ  । त्यसको तल संदेश लेखिएको छ जसमा भनिएको छ 'तिमीहरु त्यो संग लडिरहेका छौ, जसको शब्दकोषमा असफलता भन्ने शब्द नै छैन' । त्यस्तै सोहि फोटोमा फिफा बिश्वकपको पार्टनर नाईकीको स्लोगन जस्ट डु इटलाई तोडमोड गरेर जस्ट टेरोरिजम लेखिएको छ  । उक्त तस्विर आईएससंग निकट मानिने वाफा मिडिया फाउन्डेसनले सार्बजनिक गरेको बताईएको छ  ।

तस्विर २: 

अर्को तस्विरमा एक जना आईएसका लडाकु रसियामा हुने बिश्वकपको रंगशाला बाहिर विस्फोटक पदार्थ सहित बसेका छन्  । त्यस तस्विरमा बिश्व कपको लोगो पनि देख्न सकिन्छ  । त्यसमा लेखिएको छ ' हे रसियामा रहका अल्लाहका दुश्मनहरु, म कशम खान्छु कि मुजाहिद्दिनको आगोले तिमीहरु बाल्ने छौ, पर्ख मात्र  ।

तस्विर ३: 

अर्को तस्विर भने अमेरिकाको रहेको छ  । अमेरिकाको न्यु योर्क स्थित गगनचुम्बी भवनहरु रहेको स्थान देखाईएको छ र सोहि तस्विरमा बन्दुकधारी छन्  । त्यसमा पनि जस्ट टेरोरिजम लेखिएको छ र भनिएको छ 'हाम्रो इलाकामा गरिएको हवाईहवालाको जवाफ हामी तिमीहरुको इलाकामा दिन्छौ ' ।

आईएसको पछिल्लो आक्रोश आईएस बिरुद्द इराक र सिरियामा अमेरिका , रसिया तथा अन्य युरोपियनदेशहरुले संयुक्त रुपमा गरेको हवाई हमला प्रति देखिन्छ  । पछिल्लो समयले यी देशहरुले आइएस बिरुद्द हवाई हमला सहितका सैन्य कारबाही तिब्र पारेका छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved