सहारा विकास बैंकको हकप्रद भर्ने म्याद थप

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 21, 2018 | 08:50:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकको हकप्रद भर्ने म्याद थप भएको छ । बैंकले जेठ ६ गतेदेखि  १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशतका दरले  हकप्रद बिक्रि खुला गरेको हो। 

बैंकले यस अघि असार १० गतेसम्म हकप्रद भर्न सक्ने जनाए पनि अब म्याद थप गरी असार २४ गते सम्म हकप्रदमा आवेदन दिन सकिने जनाएको छ ।   हकप्रद बिक्रि प्रयोजनार्थ बैंकले बैशाख १० गते बुक क्लोज गरेकाले बैशाख ९ सम्म कायम शेयरधनिहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकले १८ करोड   २४ लाख रुपैयाँ बराबरको १८ लाख २४ हजार ८ सय ७० कित्ता हकप्रद बिक्रि खुला गरेको हो।   

बैशाख ९ सम्म कायम इच्छुक शेयरशनिहरुले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौँ तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल ललिपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै सहारा बिकास बैंकका शाखा कार्यालय तथा नेपाल धितोपत्रबाट इजाजत पत्र प्राप्त सी-आस्वामा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आबेदन दिन सक्नेछन।      

हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved