सन्दिप लामिछाने कारबाहीमा, घमण्डी भन्दै दर्शकले लगाए नारा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 09:49:58 AM मा प्रकाशित

laxmi  sunrise bank

युवा क्रिकेटर सन्दिप लामिछाने कारबाहीमा परेका छन। पोखरामा जारि पोखरा प्रिमियर लिग (पिपिएल) प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा रेफ्रिसंग विवाद गरेपछि लामिछाने कारबाहीमा परेका हुन। 

प्रतियोगितामा विराटनगर टाईटन्सका क्याप्टेन लामिछानेले शनिबार चितवन राइनोजसंगको खेलमा गलत निर्णय दिएको भन्दै रेफ्री संजय सिग्देलसंग बिबादमा उत्रिएका थिए। बिबादमा उत्रिएका लामिछानेलाई रेफ्री सिग्देलले कारबाहीसहित डी मेरिट अंक समेत दिए। आइसिसीले मान्यता दिएका प्रतियोगितामा खेलाडीलाई अनुशासनमा राख्नका लागि डी मेरिट अंक दिने गरिन्छ।  

खेलको दोस्रो इनिगको चौथो ओभरको अन्तिम बल गरेका विराटनगर टाईटन्सका बलर किसोर महतको बललाइ रेफ्रीले नोबल भनेपछि सन्दिपले त्यसको बिरोध गर्दै अन्फिल्ड अम्पायर सिग्देलसंग बिबाद गरे। दर्शकले सन्दिपले रेफ्रीसंग विवाद गरेपछि सन्दिप घमण्डी रहेको भन्दै उनको आलोचनामा उत्रिए।     


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved