एकीकृत पूर्वाधार विकास र सूचना प्रविधिको प्रयोग १६औँ योजनाको मुख्य लक्ष्यः प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 02:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले १६औँ पञ्चवर्षीय योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ योजना केन्द्रित हुने बताएका हुन् ।

“एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ, यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नवीनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा तयार गरी कार्यान्वयन गरिने पनि बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved