सफल ह्याप्पी काउ मिल्क बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 07:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क काठमाडौं बजारमा उपलब्ध भएको छ। कम्पनीले उपभोक्ताको माग अनुसार गाईको शुद्ध दुधलाई बजारमा ल्याएको हो।

कम्पनीका अनुसार काठमाडौं बजारमा सफल ह्याप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिन्छ । दुधको प्रत्येक प्याकेट क्रिमयुक्त छ। यसले सम्पुर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने कम्पनीको भनाई छ।

दुधमा न्युनतम ३.५% FAT र न्युनतम ७.५% SNF हुने हुँदा सजिलै पचाउन सकिन्छ । कम्पनीका अनुसार सफल ह्याप्पी काउ मिल्क S. N.F र FAT को पुरै सन्तुलन मिलाईएको हुन्छ। जस कारण यो Tastier, Creamier Healthier छ । यो दुधमा शरिरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रुपमा पाईन्छ । 

हिन्दु रितिरिवाज अनुसार धार्मिक कार्य जस्तै भगवानलाई अर्पण गर्न, पंचाम्रित बनाउन, त्यसैगरि अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पुजाका कार्यहरुमा पनि सफल ह्याप्पी काउ मिल्कको प्रयोग गरिन्छ । सफल ह्याप्पी काउ मिल्क बजारमा ५०० ml को पाउचमा उपलब्ध छ। यस्को अधिकतम विक्री मूल्य रु. ६० तोकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved