कतारका अमिरलाई दिएकाे रात्रिभाेजमा नबोलाएकोमा मुस्लिम आयोगको दुखेसो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 02:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

क्षत्रीय भ्रमणको क्रममा नेपाल भ्रमणमा आएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किएका छन्। दुई दिने भनिएपनि चौबिस घन्टे नेपाल भ्रमणको क्रममा कतारी अमिर थानीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा केहि उच्च पदस्थहरुसंग भेटवार्ता गरे। 

तर कतार अमिरको नेपाल भ्रमणको क्रममा स्थान नदिएकाले मुस्लिम आयोगले असन्तुष्टि जनाएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा दिईएको रात्रिभोजमा तथा अरु औपचारिक कार्यक्रममा निम्तो समेत नदिएकोमा आयोगले असन्तुष्टि जनाएको हो।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिरको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना गरे। 

राष्ट्रपतिजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको रात्रिभोजमा पनि मुस्लिम आयोगलाई कुनै निम्ता नदिईएको आयोगका एक सदस्यले बिजपाटीलाई बताए। मुस्लिम राष्ट्रका राष्ट्रप्रमुख आउँदा नेपालको मुस्लिम आयोग जस्तो गरिमा बोकेको संस्थालाई स्थान नदीइनु हेपाहापनको पराकाष्ठा नै भएको ती सदस्यको भनाई छ। 

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपिस्थत थिए। रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका प्रमुख व्यक्ति पनि सहभागी थिए। 

कतारका अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved