सरकारले २०९९ मा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्दै यही वर्ष विकासशील राष्ट्रमा र विस २०९९ मा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी सामाजिक र आर्थिक योजनाहरु अघि बढाइने घोषणा गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थललगायतका ठूलो पूर्वाधारको विकासमा सरकार अघि बढेको बताएकी छिन् । साथै नीति तथा कार्यक्रममा' विस २०८७ अगावै दीगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने' उल्लेख छ ।