सरकारले आगामी आर्थिक वर्षभित्रै मुलुकलाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷०७८ भित्रै साक्षर नेपाल घोषणा गरिने लक्ष्य रहेको बताएकी हुन् ।