प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
बिजपाटी संवाददाता
May 28, 2020 | 04:41:20 PM मा प्रकाशित
अर्थ मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख रोजगारी सिर्जना गर्नेगरी ११ अर्ब ६० करोड बिनियोजन गरिएको जानकारी दिए ।