संसदमा पेश भयो बजेट अध्यादेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 05:33:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट र बजेट सम्बन्धित ३ वटा अध्यादेश संसदमा पेश भएका छन् । अर्थ मन्त्री जनार्दन शर्माले आज बसेको प्रतिनिधि सभा बैठकमा बजेट सहितका ३ वटा अध्यादेश पेश गरेका हुन् । 

मन्त्री शर्माले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ पेश गरेका हुन् । संसद विघटन भएकोले सरकारले अध्यादेश मार्फत आर्थिक वर्ष ७८/७९ को बजेट ल्याएको थियो ।  अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याईएको बजेट सार्वजनिक गरेका थिए । संसद नहुँदाको अवधिमा आएका आध्यादेशहरु त्यसपछि बस्ने पहिलो बैठकमा पेश गर्नु पर्ने प्रावधान अनुसार आजको बैठकमा पेश भएको हो । 

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारि गर्ने संवैधानिक प्रावधान छ  । संसद नहुँदाको अवधिमा जारी भएका सबै अध्यादेश आजको बैठकमा पेश भएका छन् । संवैधानिक परिषद् सम्बन्धि आध्यादेश भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट खारेज भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved