बजेटमा पुँजीबजारबारे के चाहन्छ महांसघ ? अर्थमन्त्रीलाई दियो ५ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 01:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले प्रमोटर शेयरलाई साधारण शेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघले आगामी बजेटमा समावेश गर्नको लागि अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिदै यस्तो ब्यबस्था गर्न ,माग गरेको हो । 

महासंघले विदेशी नागरिकले नेपाल धितोपत्र बिनिमय बजारमा शेयर खरिद बिक्री गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ । त्यस्तै विदेशी मुद्राको कारोबार खुल्ला गर्नुपर्ने माग पनि अगाडी सारेको छ ।  कम्तिमा नेपाली रुपैयाँ र अमेरिकन डलरको कारोबार गर्ने व्यवस्था मिलाएको खण्डमा हेजिङ्गको समस्यालाई टेवा पुग्ने महासंघको भनाई छ । 

त्यस्तै नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने, प्रमोटर शेयरलाई साधारण शेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने  र कमोडिटी मार्केटको थप विकास गर्नुपर्ने माग महासंघले राखेको छ। 

त्यस्तै महासंघले अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीको सुचीमा प्राकृतिक व्यक्तिले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट शेयर कारोबार गर्दा प्राप्त भएको पूँजीगत लाभकर पनि समावेश गर्न माग गरेको छ ।  यसको लागि ऐन मै संशोधन गर्नु पर्ने महासंघको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved