गगन थापा भन्छन्, ‘हिजो एउटा स्टडी प्रधानमन्त्रीलाई सुनाएको, उहाँले सुनिदिनुभयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2022 | 03:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिने दाबी गरेका हुन् ।

उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझाव अनुसार उद्योग मन्त्रालय अन्र्तगत प्रधानमन्त्री नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रमको नाममा छुट्टै परियोजना आउने बताए । यस अन्र्तगत कृषि, खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधी, निर्माण तथा हस्तकला लगायतका क्षेत्रमा काम हुने महामन्त्री थापाको दाबी छ । 

‘हिजो मात्रै प्रधानमन्त्रीलाई भेटेर यो वर्षको नीति, कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवद्र्धन कार्यक्रम भनेर एउटा छुट्टै परियोजना उद्योग मन्त्रालयले लिड गर्ने यसमा एउटा सानो स्टडी गरेर नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई गएर बुझाएको, उहाँले हाम्रो कुरा सुनिदिनु भयो’ उनले भने, ‘यसमा छ वटा सेक्टर छ, एउटा टेक्सटायल, एउटा फुटवेयर, कृषि र खाद्यान्न, वन, पैदावार, जडिबुटी र औषधी र कन्ट्रक्शन, हस्तकला सात वटा एरिया गरेर के गर्नुपर्छ भनेर सबै डिटेलसहित बुझाएर यसपालिको नीति कार्यक्रम र वार्षिक कार्यक्रममा छुट्टै कार्यक्रम उद्योग मन्त्रालयले लिड गर्ने गरी लिएर आएको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved