आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदै, के के छन् प्राथमिकता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 08:26:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै छ । सो बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम पेश हुने छ ।  

आज दिउँसो ४ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छिन् । नीति तथा कार्यक्रमलाई सत्ता गठबन्धन दलहरुले स्वीकृति प्रदान गरिसकेका छन् ।

नीति तथा कार्यक्रममा  आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बताईएको छ । त्यस्तै  नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकता, जनताको चाहना र अर्थतन्त्रमा देखिने भनिएको समस्या समाधानका लागि केन्द्रीत हुने नेताहरुले बताएका छन् ।

नीति तथा कार्यक्रमलेआयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्य लिने छ । विदेशी लगानी भित्र्याउन सहज एवं प्रभावकारी वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति, करको दायरा विस्तार, स्वदेशी उत्पादनमा अभिवृद्धि तथा खास अर्थमा कृषि क्षेत्रको उन्नयनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । अनुत्पादक क्षेत्रहरूमा खर्च कटौती, सेवा प्रवाहलाई विद्युतीय माध्यमबाट अगाडि बढाउनेदेखि निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने लक्ष्यसमेत कार्यक्रमले लिएको बताइएको छ । सरकारले कृषि र उद्योगलाई प्रमुख प्राथमिकतामा राखेको छ । मुलुक कृषिप्रधान देश भनिए पनि ठूलो परिमाणमा कृषि उपज र खाद्यान्नको आयात गर्नुपरेको तितो यर्थाथका बीच सरकारले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने नीति अगाडि सारेको छ । त्यसका लागि मल, बीउ तथा सिँचाइ सुविधालगायतका कार्यक्रमलाई जोड दिएको छ । सहकारीमार्फत चक्लाबन्दीखेती, नगदे बालीको उत्पादन वृद्धिलगायतका विषय समावेश छन् ।

भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षालाई पनि उत्तिकै जोड दिइएको छ । यसबाट संविधानप्रदत्त समाजवादको आधार तयार हुने सरकारको विश्वास छ । अधुरा–अपुरा परियोजनाहरू सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । पूरा हुन नसक्ने या महत्व गुमाएका परियोजनाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय गर्ने विषय समावेश छ ।

 नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष ७९/८० को बजेट आउने छ ।  अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ७८/७९ को बजेट पेश गर्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved