आज संसदमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै, के के हुन्छन् समावेश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2022 | 09:59:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभामा आज शनिबार आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । आजको प्रतिनिधि सभा बैठक बिहान ११ बजेको लागि बोलाईएको छ । आजको बैठकमा सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल हुने छ । सांसदहरुले बोल्ने क्रम जारी नै रहेकोले संसदमा नीति कार्यक्रमको छलफल सकिएको छैन । नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि प्रधानमन्त्रीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि नीति तथा कार्यक्रम माथि परेका संशोधनहरुलाई निर्णायार्थ पेश गरिने छ । नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने छन् ।

यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पनि पेश गर्ने छन्। गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

के हो आर्थिक सर्वेक्षण ?

बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ  ।  आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ । 

आर्थिक सर्वेक्षणमा विशेषत: समग्रत आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शिर्षक रहन्छन् । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन,  आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्ष कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुने छ । 

त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग समबन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग समबन्धी दर्जनौ चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।  

सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved