कृषि क्षेत्रको लागि ५५ अर्व ९७ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि क्षेत्रको लागि कुल ५५ अर्व ९७ करोड विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रको लागि कुल ५५ अर्व ९७ करोड विनियोजन गरेको बताएका हुन् ।

बजेटले कृषि विमा विस्तार गर्ने , कृषि संकलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्वुलेन्सको व्यवस्थापन गर्ने , प्रधानमन्त्री कृषि आधुनिकीरण गर्ने,  उखु किसानलाई सहुलियत उपलब्ध दिने, कृषि बाली तथा पशु बीमाको प्रमियममा ८० प्रतिशत अनुदान दिने, कृषि प्रवर्द्धन गर्ने स्थानीय तहलाई थप ५ करोड दिने. प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक जनशक्ति खटाइने, आगामी आर्थिक वर्षलाई राष्ट्रिय कृषि वर्ष बनाइने ब्यबस्था गरेको छ

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved