वैदेशिक लगानी ल्याउन पाउने न्यूनतम सीमा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरेको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको घोषणा गरेका हुन् । अब न्यूनतम २ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन सकिने छ । 

यस अघि यो सीमा ५ करोड रुपैयाँ रहेको थियो । मन्त्री शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाउने घोषणा गरेका छन् ।

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved