अब ६८ वर्षको उमेर देखि नै बृद्ध भत्ता पाइने, भत्ता भने बढेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अब ६८ वर्षको उमेर देखि नै बृद्ध भत्ता पाइने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्।

यस अघि ७० वर्षको उमेरमा भत्ता पाइने थियो । भत्ता नलिने भनेर स्वघोषणा गर्नेलाई भने सरकारले सम्मान गर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरेको छ  ।

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved