१५ प्रतिशत वृद्धि हुँदा कसको कति पुग्छ सरकारी कर्मचारीको तलब ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:48:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले सरकारी कर्मचारीको तलब स्केल १५ प्रतिशतले बढाएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब वृद्धि भएको बताएका हुन् ।

तलब वृद्धि भएपछी मुख्य सचिवले हाल खाईपाई आएको ६७ हजार १ सय ४० मा १० हजार ७१ थपिएर ७७ हजार २ सय ११ पुग्नेछ ।

त्यस्तै सचिवको तलबमा ९ हजार ४०२ वृद्धि भएर ७२ हजार ८२ पुग्नेछ । सचिवले हाल ६२ हजार ६८० खाईपाई आइरहेका थिए ।

बढेको तलबअनुसार ४९ हजार ३८० खाइरहेका सहसचिवको तलबमा ७ हजार ४०७ वृद्धि भएर ५६ हजार ७८७ पुग्नेछ । त्यस्तै हाल ४२ हजार ३८० खाइरहेका उपसचिवको तलब बढेर ४८ हजार ७३७ पुगेको छ ।

त्यस्तै ३७ हजार ९९० खाइरहेका शाखा अधिकृतको तलब ४३ हजार ६८९ पुगेको छ भने ३० हजार २०० पाइरहेका नायब सुब्बाको तलब बढेर ३४ हजार ७३० पुगेको छ ।

खरदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०२ पुगेको छ । बढेको तलब साउन १ गतेबाट लागू हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved