बजेटमा पवन गोल्यानको प्रतिक्रिया : फर्स्ट इम्प्रेसन राम्रो, कृषिमा केही होला जस्तो छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसमेत रहेका उद्योगी पवन गोल्यानले बजेटले कृषि क्षेत्रमा सुधार गर्नसक्ने प्रतिक्रिया दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० का लागि आज सरकारले पेश गरेको बजेटमाथि प्रतिक्रिया दिँदै उनले उत्पादन बढाएर आयात घटाउने सरकारको तयारीलाई राम्रो भनी प्रतिक्रिया दिएका हुन् ।

बिजपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'कृषि क्षेत्रमा धेरै कुरा समेटिएको छ । प्रधानमन्त्रीकै तहमा संरचना बन्ने भनिएको छ र पालिता तहमै त्यसलाई बिस्तार गर्ने कुरा मलाई सकारात्मक लाग्यो ।'

उनले बजेटको फर्स्ट इम्प्रेसन आफूलाई राम्रो लागेको प्रतिक्रिया दिए । 'फर्स्ट इम्प्रेसन मलाई राम्रो लाग्यो,' गोल्यानले भने, 'अहिले केही गर्नै खोजेको जस्तो महसुस भएको छ ।'

उनले ३० प्रतिशत आयात कम गर्ने कुरा राम्रो रहेको बताए । 'त्यो भनेको उत्पादन बढाउनु नै हो,' उनले भने, 'कार्यान्वयन कसरी हुन्छ, त्यो भने हेर्न बाँकी छ ।'  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved