आफु अनुकुलका सहसचिवहरुलाई मन्त्रालय भित्र्याएपछि अर्थमन्त्रीले बनाए बजेट लेखन समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 04:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आफु अनुकुल सहसचिवहरुलाई मन्त्रालय भित्र्याएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट लेखन समिति बनाएका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनको लागि  सहसचिव भुपाल बरालको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा मन्त्रालयका सहससचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् । 

समितिका संयोजक भुपाल बराल र सदस्यहरु  उत्तरकुमार खत्री, तथा बाबुराम सुवेदी केहि दिन अघि मात्र मन्त्रालयमा सरुवा भई आएका हुन् । मन्त्री डा. महतले आफ्नो टिम बनाउने क्रममा उनीहरुलाई मन्त्रालयमा सरुवा गरेका हुन् । उत्तरकुमार खत्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट, भुपाल बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बाबुराम सुवेदी योजना आयोगबाट अर्थ मन्त्रालयमा सरुवा भई आएका हुन्  ।   

२०८० साल जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा पेश हुने छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved