बजेटको लागि अर्थ मन्त्रालयले माग्यो सुझाव, वैशाख १५ भित्र बुझाउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 02:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै २०८० वैशाख १५ गतेभित्र सुझाव दिन आग्रह गरेको हो । 

 मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरू उपलब्ध गराई सहयोग गरिदिन विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा अनुरोध गरेको हो। मन्त्रालयका अनुसार मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल [email protected] बाट सुझाव पठाउन सकिने छ।

आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट तथा तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved