बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीहरुसँग अर्थ मन्त्रीको छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2023 | 05:53:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीहरुसँग छलफल गरेका छन् । पूर्व अर्थ मन्त्रीहरुले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजनाहरु थप नगर्न सुझाव दिएका छन् ।

छलफलमा पूर्व अर्थ मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलका क्रममा अर्थ मन्त्री डा. महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आपेक्षा गरेका छन् । 

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनाहरुलाई मात्र बजेट छुट्याउने र नीजि क्षेत्रको आत्मविश्वास बढाउन आफु लागि परेको जानकारी गराए । उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने पनि बताएका छन् । 

अर्थमन्त्री डा. महतले अन्य पूर्व अर्थ मन्त्रीहरुबाट समेत निरन्तर सुझाव प्राप्त हुने अपेक्षा राखेको बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved