‘निजी क्षेत्रलाइ अर्थतन्त्रको मुख्य साझेदार मान्नु खुशीको कुरा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 09:24:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदार मानेकोमा खुशी व्यक्त गरेको छ । नीति तथा कार्यक्रमले तरलताको सङ्कुचनलाई सम्बोधन गरिने, पूँजीगत खर्च बढाउने, ब्याजदर नियन्त्रण गर्ने लगायतका विषय समावेश गर्दै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदार मानेकोमा महासंघले खुशी व्यक्त गरेको हो ।

नीति तथा कार्यक्रममा समावेश विषयहरु बजेटमार्फत समेट्दै महासंघले दिएका सुझावहरु सम्बोधन हुनुपर्ने जनाएको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार र निजी क्षेत्रको साझेदारीमार्फत उत्पादन बढाउने विषय सकारात्मक भएको बताएका छन् । विदेशी लगानीलाई प्रोत्साहन गरिने विषय पनि सकारात्मक भएको उनको भनाइ छ ।

विकास आयोजनाको जग्गा प्राप्तिलाई सरल र सहज बनाउने, वन क्षेत्रको उपयोगीता बढाउने र सार्वजनिक खरिद ऐनलाई सरलीकरण गर्न कानुन ल्याउने विषयलाई महासंघले स्वागत गरेको छ । 

उद्योगलाई चाहिने जग्गाको हदबन्दी सीमा पुनरावलोकन, उद्योगलाई आवश्यक पहुँचमार्ग र प्रशारण लाइन लगानीकर्ता आफैँले बनाउँदा शमेधभर्ना दिने, उद्योगहरुमा निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्ने र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने विषयलाई पनि महासंघले स्वागत गरेको छ । २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने र सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने विषय नीति कार्यक्रममा समेटिनु स्वागतयोग्य भएको महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved