नीति कार्यक्रमले विग्रिएको अर्थतन्त्र नसुधार्ने एमालेको निष्कर्ष, संसदबाटै बिरोधको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 09:36:07 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादी नेतृत्त्वको आठ दलको गठबन्धनको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अर्थतन्त्रमा देखिएको अहिलेको समस्याको समाधान नदिने निष्कर्ष निकालेको छ।  समाधान दिने नीति कार्यक्रम नआएकाले एमालेले संसदबाटै यसको विरोध जनाउने भएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे एमालेको औपचारी धारणा संघीय संसदको आज हुने प्रतिनिधिसभाको बैठकबाट बिरोध गर्ने तथ्य यस बारे बोल्ने भएका छन्। 

विगतकै निरन्तरता मात्रै हुने गरि नीति कार्यक्रम ल्याइएकाले यसले अर्थतन्त्रमा देखिएको  अहिलेको समस्या समाधान नगर्ने भएकाले एमालेले संसदबाट पास हुन नदिने निर्णय समेत गरेको छ। 

त्यस्तै एमाले अध्यक्ष ओलीले अहिले चर्चाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सतहमा धेरै कुरा आएकाले संसदबाट नै यसको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved