५९ अर्बको कृषि बजेट कार्यान्वयनमा सरकारले ल्यायो ३ लोकप्रिय नारा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:29:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि क्षेत्रको विकासका लागि तीन लोकप्रिय नारा तय गर्दै कार्यक्रम सार्वजनिक गरेको छ । कृषि क्षेत्रको विकासका लागि ५८ अर्ब ९८ करोड बजेट छुट्याएका अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षका लागि कृषि क्षेत्रको विकास गर्न विभिन्न नारा सार्वजनिक गरेका छन् । 

उत्पादन साथमा, अनुदान हातमा

उनले 'उत्पादन साथमा अनुदान हातमा' भन्ने नारासहित उतपादनमा आधारित अनुदान वितरणको कार्यक्रम लागू गरिने बताएका छन् । यो कार्यक्रम विगतमा लागू भएपनि अझै पहुँच भएका व्यक्तिहरुको पोल्टामा गइरहेको थियो । अहिले पनि सरकारले उक्त योजना दोहोर्याएको हो । कृषि अनुदनलाई पारदर्शी बनाउन नयाँ मापदण्ड ल्याइने पनि उनले जानकराी दिए ।

खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा 

कृषि क्षेत्रमा भरपर्दाे प्राविधिक सेवा दिने उद्देश्यले ‘खेतबारीमा प्राविधिक सेवा उत्पादनमा टेवा’ भन्ने नारा पनि सरकारले ल्याएको छ । अर्थमन्त्री डा महतले हरेक स्थानीय तहमा  प्राविधिक सेवा दिनका लागि ४७ करोड बजेट विनियोजन गरेको जानकारी गराए । उनले धान आलुखेती विस्तार गरिने र प्रांगारिक खेती विकासमा सहयोग गर्ने योजना सार्वजनिक गरेका छन् । 

पोषणयुक्त घाँसेबालीको विकास गरौँ, पशुजन्य उत्पादन बढाऔँ 

अर्थमन्त्री डा महतले कृषिकै अर्काे नारा पनि सार्वजनकि गरेका छन् । उनले बजेट भाषणमार्फत ‘पोषणयुक्त घाँसेबालीको विकास गरौँ, पशुजन्य उत्पादन बढाऔँ’ भन्ने नाराका साथ घाँस खेती विकास गर्ने योजना सार्वजनिक गरेका छन् । यसबाट घाँसेबाली विकास र पोषणमा सुधार हुने विश्वास लिइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved