
सरकारले निर्यातको अनुदानलाई निरन्तरता दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट भाषणमार्फत उक्त घोषणा गरेका हुन् । उनले बजेटमार्फत ३६ वस्तुको निर्यातमा प्रदान गरिँदै आएको नगद अनुदान निरन्तरता दिएको र त्यसका लागि ९० करोड बजेट विनियोजन गरिएको बताए ।
कृषिमा अलैची, चिया, जडिबुटी, ठुला उद्योगमा स्टील, धागो, कपडा, तयारी पोषक र पश्मिना उत्पादन प्रवर्धनका लागि आवश्यक प्रोत्साहन र व्यवस्था गरिने उनले बताए । उनले निर्यात प्रवद्र्धका लागि नयाँ गन्तव्यको पहिचान गरिने पनि बताए ।
सूचना प्रविधि, सिमेन्ट, छुर्टीलगायत वस्तु, सेवाको उत्पादन बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । चियालगायतका कृषि उत्पादन निर्यातका लागि आवश्यक प्रविधिक उपकरण, अर्गानिक सटिफिकेट, स्किम ल्याउने सरकारले जनाएको छ । ढुङ्गा र गिटी निकासिका लागि आधार तयार पारिने पनि बजेटमा उल्लेख गरिएको छ ।