बजेटको आकार १७ खर्ब ५१ अर्ब, राजश्वबाट अपुग रकम ऋणबाट, आन्तरिक र बाह्य ऋण कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 07:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेका हुन् । 

कुल १७ खर्ब ५१ अर्ब बजेट तय गरिएकोमा ११ खर्ब ४१ अर्ब ७८ करोड साधारण तथा प्रशासनिक खर्चको लागि छुट्याईएको छ । पूँजीगत खर्चको लागि  ३ खर्ब २ अर्ब ७ करोड छुट्याईएको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट छुट्याईएको छ । 

१७ खर्ब ५१ अर्ब कुल बजेटमध्ये सरकारले आगामी आर्थिक वर्ष राजश्वबाट १२ खर्ब ४८ अर्ब उठाउने लक्ष्य लिएको छ भने वैदेशिक अनुदान बापत ३९ अर्ब आउने लक्ष्य राखेको छ। 

त्यस्तै राजश्व र बैदेशिक अनुदानबाट पनि अपुग भएको ४ खर्ब ५२ अर्ब रुपैयाँ बैदेशिक र आन्तरिक ऋण मार्फत उठाउने योजना बनाएको छ । बैदेशिक ऋणमार्फत २ खर्ब १२ अर्ब र अपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋणमार्फत पूर्ति गरिने अर्थमन्त्री महतले संसदमा जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved