आज पनि संसद बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 10:07:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ ।

दुवै सदनमा आजदेखि बजेट माथिको छलफल सुरु हुने छ । आजको बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले वक्तव्य सहित “ आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ। गत जेठ १५ गते अर्थमन्त्री डा. महतले  आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका छन्। 

यस अघि हिजो पनि बैठक बसेकोमा प्रमुख प्रतिपक्षि दल नेकपा एमाले, लगायत विपक्षी दलहरु राप्रपा,र  रास्वपाले बैठक अवरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । विपक्षी दलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय र प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा लिम्पियाधुरा तथा लिपुलेकबारे सोच्न सकिने भन्दै दिएको अभिव्यक्तिबारे प्रष उठाएका थिए । यस बारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने उनीहरुको माग छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved