बजेट बनाउँदा महतले पूर्व नासुलाई छिराएको आरोप, छानविन नगरेसम्म संसद चल्न नदिने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 06:12:21 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै पनि व्यापारिक घरानालाई फाइदा हुने गरि करको दर हेरफेर नगर्ने प्रतिवद्दता जनाएका अर्थमन्त्री डा. प्रकाश शरण महत माथि बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई छिराएको आरोप लागेको छ । अनलाइनखबरले  आज यस बारे समाचार प्रकाशन गरेको हो । 

समाचारमा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको दाबी गरिएको छ । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफर गरिएको समाचारमा उल्लेख छ ।

समाचार प्रकाशन भएसंगै प्रतिपक्षी दल राप्रपाले यसबारे संसदीय छानविन समिति बनाएर छानविन गर्नु पर्ने माग गरेको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बजेट बनाउँदा अनाधिकृत व्यक्ति छिराएर करको दर हेरफेर गरेको सो बारे सूचना चुहिदा राज्यलाई ९० करोड क्षति भएका समाचार आएकाले यस विषयमा संसदीय छानविन समिति बनाएर छानविन गर्नु पर्ने माग गरेका हुन्। उनले मंगलबार यसबारे संसदीय छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् । 

सांसद शाहीले छानविन गरेर यदि यो समाचार गलत भए समाचार लेख्ने अनलाइनलाई कारवाही गर्नुपर्ने र यदि अर्थमन्त्रीले बजेट निर्माण गर्दा नासु छिराएको भए अर्थमन्त्रीलाई कारवाही गर्नु पर्ने माग गरेका छन्। 

गत वर्षपछि पनि जनार्दन शर्माले बजेट ल्याउँदा नासुलाई छिराएर करको दर हेरफेर गरेको आरोप लागेको थियो । शर्मामाथि संसदीय समितिले छानविन गरे पनि समितिले क्लिन चिट दिएपछि उनी फेरि अर्थमन्त्री बनेका थिए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved