एफपिओ र मर्जरको आयमा कर लाग्ने व्यवस्थाबारे बोले चन्द्र ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 06:29:32 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा आएको एफपिओ तथा मर्जरको आयमा कर लाग्ने विषयबारे कडा टिप्पणी गरेका छन् । आर्थिक मिडिया सोसाइटी इम्सनले आयोजना गरेको पोस्ट बजेट छलफलको क्रममा अध्यक्ष ढकालले बजेटको उक्त व्यवस्थाबारे टिप्पणी गरेका हुन् 

ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले अघिल्लो आर्थिक ऐनले दिएको सुविधा प्रयोग गरेर कर छुट लिएकोमा अहिले कर लगाउनु गलत भएको बताएका छन् । यो व्यवस्थाले देश भित्रै तथा अन्तराष्ट्रिय लगानीमा समेत प्रत्यक्ष असर गर्ने बताएका छन् । अध्यक्ष ढकालले यस्तो व्यवस्थाले सरकारले निजि क्षेत्रको विश्वास गुमाउने बताए । 

यस्तो व्यवस्था बजेटमा नै आउनु नहुने उनले उल्लेख गरे । एक वर्ष मै नीति फेरबदल हुँनु गलत रहेको उनले बताए । यो व्यवस्था समशोधन गर्न समेत उनले माग गरेका छन् । गल्तिले यो व्यवस्था परेको भए पनि वा नियतवश नै राखिएको भएपनि यो व्यवस्था संशोधन गर्न उनले माग गरेका छन् । उनले नीति बनाउँदा त्यसले पार्न सक्ने प्रभावको पनि अध्ययन गर्न उनले आग्रह गरेका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved