बजेट बनाउँदा नासुलाई छिराएको आरोप लागेपछि अर्थमन्त्रीले दिए प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 07:51:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई छिराएको आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे प्रष्टीकरण दिएका छन् । आर्थिक मिडिया सोसाइटी इम्सनले आयोजना गरेको पोस्ट बजेट छलफलको क्रममा उनले यसबारे प्रष्टीकरण दिएका हुन् ।

प्रष्टीकरण दिंदै उनले आफुले कुनै पनि अनाधिकृत व्यक्तिलाई बजेट निर्माण प्रक्रियामा सामेल नगराएकोले अनावश्यक भ्रम नछर्न आग्रह गरे  । उनले आफुले इमादरिताका साथ बजेट निर्माण गरेको र इमान्दारिताको साथ काम गर्दा हिलो छ्याप्ने काम भएको बताए । 

उनले आफुसंग अर्थ मन्त्रालयका २ जना सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक, भन्सार प्रमुख, र मन्त्रालयका २ जना उपसचिव बसेर करको दर फाइनल गरेको बताए । करको दर फाइनल गरेपछि आधिकारिक व्यक्तिहरु नै बसेर टाइप गरिएको बताए । बजेटमा एचएस कोडहरु कम्प्लेक्स हुने भएकोले जो व्यक्तिले यस अघि आर्थिक ऐन टाइप गरेको थियो यस पटक पनि सोहि व्यक्तिलाई नै हायर गरेर बजेट टाइप गर्न लगाएको बताए । यसबारे उनले कर्मचारी र व्यवसायीहरुलाई सोध्न आग्रह गरेका छन् । उनले कतिपय व्यक्तिहरुलाई आफुले किन आएको भन्दै अर्थ मन्त्रालयबाट नै फर्काएको बताए । 

मन्त्री महतले आफुले कुनै पनि व्यवसायलाई डेलिब्रेटलि फाइदा वा डेलिब्रेटलि बेफाइदा हुने काम नगरेको प्रष्ट पारे । उनले बजेटबाट फाइदा लिन नपाएकाहरुले रिसाएर गलत आरोप लगाएको बताए । उनले इमान्दार भएर काम गर्दा पनि यस्ता आरोप लाग्छ भने देशमा इमान्दार व्यक्तिको काम छैन भनेर इमान्दार व्यक्तिले देश छोडे हुने टिप्पणी गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved