आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 12:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा. प्रकाश शरण महतले आज आइतबार संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । बजेट माथिको छलफल सकिएपछि आज मन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने कार्य सूची रहेको छ । 

त्यस्तै आज नै मन्त्री महतले बिनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 गत जेठ १५ गते अर्थमन्त्री डा. महतले  आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved