प्रुडेन्सियल इन्स्योरेन्सकाे लाभांश पारित, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 03:02:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company  को लाभांश पारित भएको छ । कम्पनीको सिमरा बारामा सम्पन्न उन्नाईसौं वार्षिक साधारण सभाले  साधारणसभाले ८% बोनस शेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी हुने छ ।

सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघई,  र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन्।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved