'बीमा समितिले कसैलाई मर्जरको लागि फोर्स गरेको छैन, १० अर्बले पुनर्बीमा चल्दैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2022 | 12:56:41 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिले कुनै पनि कम्पनीलाई मर्जरको लागि फोर्स नगरेको बताएका छन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भई बनेको हिमालयन एभरेष्ट कम्पनीको एकिकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् 

उनले बीमा समितिले आवश्यकताको आधारमा पुँजी वृद्धिको निर्णय गरेको र मर्ज को प्रस्तावहरु बीमा समितिहरु स्वयंले ल्याएको बताए । अहिले कुनै पनि कम्पनीलाई मर्जरको लागि फोर्स नगरेको तर बीमा समितिले तोकेको समयमा पुँजी नपुर्याउने कम्पनीलाई मर्जरको लागि फोर्स गरिने उनले बताए । उनले कम्पनीहरुलाई नै पुँजी वृद्धिको प्रस्ताव ल्याउन आग्रह गर्दै त्यसमा समितिले आवश्यक सहयोग गर्ने बताए उनले नियमन गरेकाे कुरालाई  नियन्त्रणको रुपमा नबुझ्न आग्रह गरे ।   

उनले पुँजी वृद्धि नगर्दा दायित्व पुरा गर्न नसक्ने, बजार विस्तार गर्न नसक्ने, नवीनतम योजना ल्याउन नसक्ने , क्षमता कमजोर हुने, प्रविधि मैत्री बन्न नसकिने लगायतका कारणले पुँजी वृद्धिको निर्णय गरेको बताए । पुँजी वृद्धिले कम्पनीहरुको विश्वस्निता समेत बढ्ने उनले उल्लेख गरे  उनले हालसम्म पनि नेपालमा कति बीमा कम्पनी चाहिन्छ भन्ने अध्ययन नभएकोले यो वर्ष कति बीमा कम्पनी आवश्यक छ भन्ने विषयको अध्ययन गर्ने उनले बताए । 

उनले पैसा स्थानीय तहमा रहेकोले त्यसको सदुपयोग गर्न कम्पनीहरुलाई आग्रह गरे । स्थानीय तहमा समितिले कुरा गर्दा पनि राम्रो रिस्पोन्स आएकोले अब त्यसलाई क्यास गर्नु पर्ने बताए । काठमाण्डाैमा पनि १२ प्रतिशत भन्दा बढी बीमा नरहेको भन्दै उनले काम गरेर मुनाफा कम्पनीले नै बताए ।क्लियर पाेलिसि, सबैलाई लागू हुने पाेलिसि जारी गर्न सकियाे भने बजार बढ्ने उनले उल्लेख गरे ।  सबैकाे राष्ट्रिय नीति रहेको तर बीमाकाे नीति नरहेकोले बीमाको राष्ट्रिय नीति ल्याउने उनले बताए ।

त्यस्तै उनले १० अर्बले पुनर्बिमा कम्पनी चल्न नसकने बताए। उनले स्वदेश भित्र कै पुनर्बीमा कम्पनीको क्षमता विस्तार गर्नु पर्ने बताए ।  स्वदेश भित्र कै पुनर्बीमा कम्पनीको क्षमता विस्तार नहुँदा देश बाहिरको पुनार्बीमा कम्पनीमा पुनर्बीमा गर्नु पर्ने र त्यसो हुँदा उसको शर्त अनुसार उसको दरमा पुनर्बीमा गर्नु पर्ने बाध्यता हुने उनले बताए। उनले पुनर्बीमा कम्पनीको पनि पुँजी बढाउनु पर्ने बताएका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved