प्रदेशस्तरमा पनि सहकारीको बेहाल, बागमती मै ४४ वटा सहकारी समस्याग्रस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 06:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी संस्थाको बेथिति प्रदेशस्तरमा रहेका संस्थाहरुमा झन विकराल भएको पाइएको छ । संघीय सरकार माताहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरि कारवाही प्रक्रिया अघि बढिरहँदा सात वटा प्रदेशमा सञ्चालनमा रहेका सहकारी संस्थामा पनि ठूलो समस्या देखिएको  छ ।

प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको विवरण अनुसार कोशी प्रदेशमा मात्र ८१ करोड रुपैयाँ अपचलन भएको छ । कोशी प्रदेशको अम्बेकोशी बचत तथा ऋण सहकारी सस्था लिमिटेडबाट मात्रै ६१ करोड रुपैयाँ अपचलन भएको छ । 

कोशी प्रदेशकै लालुपाते बचत तथा ऋण सहकारी सस्था लिमिटेडले १३ करोड रुपैयाँ अपचलन भएको छ । कोशी प्रदेशकै ककनी गैरी वन सहकारी संस्था लिमिटेड, जयपुर बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र  शुभ साइत बचत तथा ऋण सहकारी संस्था पनि यतिखेर प्रहरीको अनुसन्धानमा परेका छन् । 

गण्डकी प्रदेशमा पनि सहकारीको समस्या उस्तै देखिएको छ । गण्डकी प्रदेशमा हालसम्म ८ वटा सहकारी संस्थाहरु बचतकर्ताको रकम अपचलन गरेर बन्द भएका छन् । बाग्लुङको इमेज सहकारी तथा ऋण सहकारी संस्था, पर्वतको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था, लमजुङको कालिका बचत तथा ऋण सहकारी सस्था, कास्कीको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था,  विन्दबासिनी ऋण तथा सहकारी संस्था, नवलपुरको छिपछिपे उपभोक्ता संस्था, पर्वतको तपाईं हाम्रो बहुउद्देशीय सस्था र ग्रामीण विकास सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेका छन् ।  

बागमती प्रदेश अन्तर्गत ४४ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् ।  काठमाडौंको जनप्रेम बचत तथा ऋण सहकारी, भरोसा बहुउद्देश्यीय सहकारी, जय अम्बे बचत तथा ऋण सहकारी, लसकुस बहुउद्देश्यीय सहकारी, युवा विकास बहुउद्देश्यीय सहकारी, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी,  गतिशील बचत तथा ऋण सहकारी, सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले पनि बचतकर्ताको रकम अपचलन गरेका छन् ।  

त्यस्तै स्मृति बहुउद्देश्यीय सहकारी, एविसी बचत तथा ऋण सहकारी,मञ्जरी बहुउद्देश्यीय सहकारी, अक्षता बचत तथा ऋण सहकारी, राइजिङ अप बचत तथा ऋण सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी, रियल गोर्खा बचत तथा ऋण सहकारी, भद्रकाली कृषि  सहकारी, एभरेष्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबाट पनि रकम अपचलन भएको छ । 

यसैगरी, आर्जन बचत तथा ऋण सहकारी, सुमो बचत तथा ऋण सहकारी, विश्वास बचत तथा ऋण सहकारी, विश्वास बहुउद्देश्यीय सहकारी, करुणा बचत तथा ऋण सहकारी, सिद्धिदाता बहुउद्देश्यीय सहकारी,साकार बचत तथा ऋण सहकारी, कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शुभ समृद्धि बचत तथा ऋण सहकारी, उपहार बहुउद्देश्यीय सहकारीबाट रकम अपचलन भएको छ ।

यतिमात्र नभइ यती बहुउद्देश्यीय सहकारी, कान्ति भैरव बचत तथा ऋण सहकारी, सूर्य बचत तथा ऋण सहकारी, गेट वे बचत तथा ऋण सहकारी, ग्रेट गङगा सागर बचत तथा ऋण सहकारी, साख बचत तथा ऋण सहकारी, विजय पथ बचत तथा ऋण सहकारी, अनमोल बहुउद्देश्यीय सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, वेलहम्स बचत तथा ऋण सहकारी,  सुयोग बहुउद्देश्यीय सहकारीबाट  रकम अपचलन भएको छ । 

त्यस्तै युनिटी बचत तथा ऋण सहकारी, युएम बचत तथा ऋण सहकारी स्वस्तिक बचत तथा ऋण सहकारी, हरिसिद्धि कोअपरेटिभ, मेगाड्रिम बहुउद्देश्यीय सहकारी र प्रस्परस बचत तथा ऋण सहकारी संस्थाले रकम अपचलन गरेका छन् ।  यी सबै समस्याग्रस्त घोषणा भएका भईसकेका छन् ।

मधेस प्रदेश स्तरमा दर्ता भएका सहकारी संस्थाको संख्या ८२२ वटा रहेको छ । जसमध्ये २१८ वटा संस्था मात्र विद्युतीय सञ्जालमा दर्ता छन् । यस प्रदेशमा पनि सहकारी संस्था विरुद्ध उजुरी परेको छ ।त्यस्तै संघीय राजधानी रहेको बाग्मती प्रदेशमा एउटा सहकारीलाई बाग्मती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको छ । गण्डकी प्रदेशमा भने विभिन्न आठ वटा सहकारी संस्थाबाट २ अर्ब ३८ करोड रुपैयाँ अपचलन भएको छ । त्यस्तै लुम्बिनी प्रदेशका २० वटा सहकारी संस्थाबाट ५२ अर्ब रुपैयाँभन्दा बढी अपचलन भएको छ । कर्णाली प्र्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सहकारी समस्या अन्य प्रदेशको तुलनामा देखिएको छैन ।

समयमै सहकारीको अनुगमन प्रभावकारी रुपले हुन नसकेपछि गम्भिर रुपमा समस्या सृजना भएको छ । प्रभावकारी अनुगमन नभए बचतकर्ताको रकम अझै अपचलन हुने क्रम अझै बढ्ने भन्दै सर्वसाधारण बचतकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved