प्रभु लाईफ इन्स्योरेन्सका एमडिआरटी विजेता सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 05:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले फाल्गुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडिआरटि २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो । एमडिआरटि एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन्।

तीन दिनसम्म संचालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु रहेका थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले सबैको मिहेनतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए। उनका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved