शवमाथि पनि ठगी, बीमाको रकम खान सरकारी कर्मचारी नै पल्किएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 04:53:57 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा मृत्यु भएका नेपाली श्रमिकको बीमा रकममासमेत ठगी हुने गरेको छ । त्यसरी ठगी गर्ने गिरोहमा सरकारी कर्मचारीसमेत संलग्न भएका छन् । उनीहरुले शवमाथि खेल खेलेर पीडितलाई अझै पीडा दिँदै लाखौँ ठगी गर्ने गरेका आज सार्वजनिक एक घटनाले पुष्टी गरेको छ । 

विदेशमा मृत्यु भएका नेपाली श्रमिकका परिवारले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ती गिरोहले लाखौँ ठगी गरेको भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुले शव ल्याउँदा परिवारले पाउने बीमा रकम मिलाइदिने भन्दै ठगी गरेका हुन् । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बीमावापत मृतकका परिवारले १३ लाख पाउनुपर्नेमा, ती गिरोहले ५ लाख मात्रै दिएर अरु ७ लाख मिलीजुली खाने गरेका पाइएको छ । 

मृतक श्रमिकका परिवारलाई बीमा रकम मिलाइदिने भन्दै ठगी गर्ने गिरोहमा वैदेशिक रोजगार बोर्डकै कर्मचारीको संलग्ना रहेको खुलेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही समययता गरेको अनुसन्धानबाट बोर्डमा कार्यरत नायब सुब्बा पशुपति अधिकारीको समेत संलग्नता रहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बोर्डका नायब सुब्बा अधिकारीसहित ७ जनालाई पक्राउ गरेको हो । नायव सुब्बा अधिकारी पक्राउ परेको बोर्डका सूचना अधिकारी राजन पौडेलले बिजपाटीलाई जानकारी दिए ।

पक्राउ पर्नेमा अधिकारीसहित रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् ।

उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिसलगायतका कागजात बरामद भएको छ ।

बोर्डका अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved