
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्ज भएर बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ। संयुक्त मर्जर समितिले दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी नयाँ लोगो तयार गरिएको जनाएको छ ।
दुवै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन्।
कम्पनीका अनुसार प्रभु लाईफको बोनस शेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ । बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको छ ।