
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुको म्यादी जीवन बीमाका लागि सम्झौता भएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले उक्त सम्झौैतापत्रमा हस्ताक्षर गरेका छन ।
अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आवश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिए ।
बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिकस्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्न बिना भेदभाब “हामी गर्छो,सबैका लागी, सधैँका लागी” भन्ने नाराका साथ लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।