एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2023 | 04:12:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । प्राधिकरणको गत शुक्रबारको बैठकले कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए 

प्राधिकरणका प्रवक्ता समेत रहेका पौडेलले कम्पनीलाई ६८ प्रतिशत हकप्रद निष्काशनको लागि स्वीकृति दिइएको बताए । एनएलजी इन्स्योरेन्स फरक प्रकृतिको कम्पनी भएकोले हकप्रद निष्काशनको लागि अनुमति दिएको उनले बताए ।

उनले भने 'एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी कम्पनी हो , फरक प्रकृतिको कम्पनी भएकोले कम्पनीको माग बमोजिम हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरिएको हो'।

एनएलजी इन्स्योरेन्समा नेशनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै सिद्धेश्वर कुमार सिंहको २.५५ प्रतिशत, रण बहादुर शाहको १.३८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत , तथा तेजश्वी राजेश्वरी राणाको १.१२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved