नरेश रोक्काको नेतृत्त्वमा नेपालकै पहिलो निर्जीवन लघुबीमा कम्पनी संचालनमा आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 08:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुबीमा कम्पनी 'प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स' आज बिहिबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहेको कम्पनीको आज उद्घाटन कार्यक्रम तय गरिएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीको औपचारिक उद्घाटन गर्ने छन् । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत नरेश रोक्का रहेका छन् ।  कृषि बिकास बैंकबाट ३० वर्ष काम गरेका उनी बैंकमा उप–महाप्रबन्धक पदबाट सेवा निवृत्त भएका हुन् । सरल, सहज र प्रभावकारी बीमा सेवा प्रदान गरी सर्वसाधारणलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेका उनले बताएका छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा कृतिका अग्रवाल हुन् । 

लघुबीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ। कम्पनीले चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने व्यवस्था गरिएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved