
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवालले पद तथा योपनियताको सपथ लिएका छन् । आज बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई सपथ गराएका हुन् ।
शिखर इन्स्योरेन्सको साउन १९ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई संचालक तथा साउन २० गते बसेको संचालक समितिको बैठकले संचालक समिति अध्यक्ष चयन गरेको हो । अग्रवाल नेपाल योंङ इन्ट्रप्रेन्युयर्स फोरम (एनवाईईएफ) का संस्थापक अध्यक्ष हुन् । उनी बेलायतमा अध्ययन सकेर नेपाल फर्किएका हुन् ।
शिखर इन्स्योरेन्समा यस अघि राजेन्द्र प्रसाद श्रेष्ठ अध्यक्ष थिए । संचालक समितिले साउन २० गते उनको राजिनामा स्वीकृत गरेको छ।