नेशनल लाईफद्वारा साईकल र्याली आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 06:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत  कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पोखराको बाराहीघाट बाट शुरु भएको ¥यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा ¥यालीको समापन गरिएको थियो । 

उक्त साईकल ¥यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने आपेक्षा लिएको कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved