सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु विश्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 09:54:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडिआरटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् ।  सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु  नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्।

कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण एमडिआरटी  हासिल गर्न सफल अभिकर्ताहरुलाई  बिदाई समेत गरेको छ । 

एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ । 

सन् २०२२ का लागि नेपाललबाट एमडिआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved